kumari
stcnepal

कांग्रेस कमजोर भएका क्षेत्रमा मात्र गठबन्धन हुन्छ : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कम्जोर भएका ठाउँमा मात्रै आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचन सम्मै लैजाने बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा मात्रै कांग्रेसलाई फाइदा पुग्ने बताए । उनले भने,“हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचन सम्म यसलाई लैजान्छौँ ।”

पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिने बताए । कांग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने उनको भनाई छ । “नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भने, “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ ।”

 

 

footer