kumari
stcnepal

नेपाल आयाल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

नेपाल आयाल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोर्खाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधा बाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रम अनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।

सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभाग बाट पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी सहसचिव बाटै सेवा निवृत्त भएका थिए । सिफारिसको अन्तिममा रहेका थानी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । निगममा नेतृत्वका लागि उनले आवेदन गरेपछि थानीको योग्यता बारे सार्वजनिक रुपमा प्रश्न उठेको थियो ।

 

 

 

footer