kumari
stcnepal

चीनका विदेश मन्त्री किन आउँदैछन् ?

 

काठमाडौं । एमसीसी संसदबाट अनुमोदनक भएपछि असन्तुष्ट बनेको चीनले नेपालसँगका नाकाहरुमा अरु कडाइ गर्दै लगेका समाचारहर आइरहेका छन् । सीमा सिल गरिदियो भने समस्या नेपाललाई पर्छ ।

परराष्ट्रमन्त्रीले पहिले एमसीसी नेपालको आन्तरिक मामिला भने, चीन बोल्ने किन भनेर प्रश्न उठाए, त्यसपछि उत्तरी नाका खोल्न अनुरोध गरे । चीनले जवाफै दिएन ।
चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल–चीन सम्बन्धको नाडी छाम्न आफै नेपाल आउँदैछन् । भ्रमणको टुङ्गो लागेको छैन तर चीनले परराष्ट्रलाई सूचित गरिसकेको छ ।

यो भ्रमण रोक्न समेत दक्षिणा र पश्चिमा प्रयास जारी रहेको देखिन्छ । स्रोत भन्छ– चैतको दोस्रो साता भित्रै वाङ यी नेपाल आउने भएका छन् ।
चीनले एमसीसी पास भएपछि आफ्नो सुरक्षा चासो देखाएको छ । उता भारतले पनि भित्रभित्रै सुरक्षा चासोमा ध्यान दिइरहेको सूत्रले दावी गरेको छ ।

footer