kumari
stcnepal

राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ । सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरु सँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचन सम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’

‘गठबन्धनलाई निर्वाचन सम्म मात्र नभई त्यसपछि सम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,’ उनले भने ।

एमसीसीका कारण आफ्नो पार्टी भित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘अन्ततः हामीले केन्द्रीय समिति बाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ’ उनले भने ।

अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका हुन् ।

 

 

 

footer