kumari
stcnepal

सम्भावित कार्यसूची अनुसार आइतबार महाअभियोग प्रस्ताव माथि छलफल हुने दिन र समय तोकिने

प्रतिनिधिसभामा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव माथि छलफल हुने समय आउँदो आइबार तोकिने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूची अनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिने छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग माथि छलफल हुने दिन र समय तोक्ने छन् ।

यही फागुन १ गते जबरा विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ गठबन्धनको तर्फ बाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।

 

footer