kumari
stcnepal

भृकुटीमण्डपमा सातौँ इक्जीभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो सुरु

नेपाल बिलडिङ–कन्सट्रकसनको सातौँ इक्जीभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो भृकुटीमण्डपमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स द्धारा आयोजीत तीन दिन लामो एक्सपोमा नेपाली तथा विदेशी कम्पनीहरु गरी कुल १०५ कम्पनीको सहभागीता रहेको छ । कोभिड–१९का कारण हवाई–उडानमा समस्या आउँदा २५ प्रतिशत जति कम्पनीहरु सहभागी हुन नसकेको आयोजकले बताएका छन् ।

बाहिरी देशमा कम्पनीहरुले एक्सपो गर्दा नेपालीहरु लाखौँ रुपैयाँ खर्च गरेर जाने गर्छन् । विदेशी बजारमा निर्माण भएका नयाँ-नयाँ टुल्स तथा टेक्नोलोजीहरुको बारेमा बुझ्ने गर्छन् । त्यही बाहिर जाने प्रवृत्तिलाई न्युनिकरण गर्दै नेपालमै वैदेशिक कम्पनी र प्रविधि ल्याएर प्रभावकारी ढङ्ग बाट नेपाली बजारमा परिचालन गर्ने उद्देश्यले यस एक्सपोको आयोजना गरेको मिडियास्पेस सोलुसन्सका प्रबन्ध निर्देषक श्रीजल भट्टराईले जानकारी दिए ।

एक्सपोमा घर तथा व्यवसाय सम्बन्धी आवश्यक पर्ने निर्माण सामग्रीहरुको सोकेस गरिएको छ । यस एक्स्पो बाट कम्पनीहरुले बिजनेस इन्क्याइरी, अर्डर बूक गर्ने हुँदा सहभागी कम्पनीहरुको प्राथमिकतामा कन्ट्रयाकटर्स, बिल्डर्स, इन्जिनियर, इन्टेरियर डिजाइनर रहेको भट्टराईले बताए ।

 

footer