kumari
stcnepal

कार्यकर्तालाई आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न प्रचण्डको निर्देशन

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनाव सम्म नै रहन्छ भन्ने टुंगो पनि छैन, आफ्नै शक्तिमा चुनाव लड्ने गरी तयारी थाल्नुस्’ कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने ।

एमसीसीका कारण चर्चामा आएको गठबन्धन निर्वाचन सम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचन सम्म लैजाने प्रयास भने रहने अध्यक्ष प्रचण्डले बताए । प्रचण्डले भने, ‘केही मतभेदहरू भए पनि एउटै फोरम बाट निष्कर्षमा पुग्ने गरी अगाडि बढेका छौं ।’

प्रचण्डले एमाले अध्यक्ष केपी ओली प्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेका विरुद्ध माओवादी लडेर सफल भएको बताए ।

 

 

footer