kumari
stcnepal

नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफ देहीपूर्ण हुनुपर्ने : प्रधानमन्त्री देउवा

ले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफ देहीपूर्ण हुनुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सङ्घीय शासन प्रणाली सँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकार सँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधन स्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनता प्रतिको आफ्नो दायित्व र जवाफ देहिता निर्वाह गर्न सक्नुपर्दछ ।’ उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले  सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेको र अबको निर्वाचनमा आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुने निश्चित हुनुपर्नेमा जोड दिए ।

footer