kumari
stcnepal

बालाजु बाट सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

प्रहरीले सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको अवस्थामा एक जनालाई बालाजु बाट पक्राउ गरेको छ ।

सूर्यगढी गाउँपालिका-२ घर भई बालुवाटार बस्‍ने २५ वर्षीय राजकुमार तामाङको साथमा रहेको सुनको गरगहना बोकेको झोला लुटेर भाग्‍दै गरेको अवस्थामा बालाजु प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका उनी माथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालत बाट ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

 

footer