kumari
stcnepal

भक्तपुरमा फेरि बर्डफ्लू

भादगाउँ (रासस) । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका-१० स्थित जगत लक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।

यसअघि गत साता सूर्यविनायक-१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएइन् ।

 

 

 

 

footer