linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्रमन्त्री राणालाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई

1.16K
shares

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले ‘बहुआयामिक साझेदारीयुक्त नेपाल-भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भनेका छन् । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports