kumari
stcnepal

उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित : कांग्रेस सप्तरी

सप्तरी । नेपाली कांग्रेस सप्तरीमा सभापति बाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ ।

उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका छन् । पराजित भएका डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुबनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गरे ।

सचिव पदमा संस्थापन पक्षका प्रभुनारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याएर निर्वाचित भएका छन् । कोइराला पक्षका नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादवले ७ सय ४५ मत प्राप्त गरे । सहसचिवमा संस्थापन पक्षका घनश्याम साह घन्सी १ हजार २ सय ६५ र मनोज कुमार खड्का १ हजार ८६ मत ल्याएर निर्वाचित हुँदा कोइराला पक्षका रामसुन्दर मण्डल ८ सय ४५ र मुश्लिम मियाँले ७ सय ५० मत पाए ।

 

 

 

footer