kumari
stcnepal

आइतबार कांग्रेसको बारा जिल्ला सभापति चयनको मतदान हुने

नेपाली कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवार मध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जना बीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार विहान ८ बजे देखि मतदान गर्ने तयारी छ ।

पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् ।

 

 

 

 

footer