kumari
stcnepal

२१ महिने बालिकाको मृत्युको घटनामा स्थानीय दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले स्थानीय दुई जनालाई पक्रेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए । शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।

 

 

 

footer