सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२१ महिने बालिकाको मृत्युको घटनामा स्थानीय दुई जना पक्राउ

429
shares

विराटनगर । मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले स्थानीय दुई जनालाई पक्रेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए । शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports