kumari
stcnepal

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने

प्रतिनिधिसभाको आज आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । गत १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको उक्त महाअभियोग प्रस्तावको समर्थकमा ९५ जना सांसद थिए ।

 

 

 

footer