kumari
stcnepal

भारतले एकतर्फी डोजर चलाउँदा सरकार नबोल्नु लाजमर्दो : सांसद रावल

सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे । उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।

‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु  र म माग गर्न चाहन्छु, नेपाल सरकारको तर्फ बाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’ उनले भने ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभा बाट पारित भए पछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे ।

 

 

footer