kumari
stcnepal

विभिन्न लागूऔषध सहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले विभिन्न लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका- ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका-७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।

 

 

footer