kumari
stcnepal

राष्ट्र बैंकले एनबी गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति दियो

नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।एनबी बैंकको एक्विजिसन पश्चात् चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुने नबिल बैंकले दाबी गरेको छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरूप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँको हुनेछ । पुस मसान्त सम्ममा नबिल बैंक सँग २९ अर्ब भन्दा बढी र एनबी बैंक सँग १४ अर्ब रुपैयाँ भन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्ब रुपैयाँ भन्दा बढी हुनेछ । दुई बैंक एउटै भएपछि राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरूमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

 

 

 

footer