kumari
stcnepal

साउदी अरवका बिदेशमन्त्री अल साउद आज नेपाल आउने

साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षी सँग पर्सी भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधि मण्डलको सम्मानमा दिवा भोज आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

 

 

 

footer