kumari
stcnepal

होली पर्वमा जर्वरजस्ती रङ दल्ने र लोला हान्नेलाई अभद्र व्यवहारमा मुद्धा चलाईने

काठमाडौँ । होली पर्वमा जर्बरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाउने भएको छ । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरीको बुझाइ रहेको छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् ।

यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् ।

 

footer