kumari
stcnepal

संघीय संसदको अधिबेशन अन्तय गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो । त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ  तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

footer