kumari
stcnepal

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सरोकारवाला सँग सुझाव संकलन गर्दै

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सरोकारवाला बाट सुझाव संकलन  थालेको छ । मंगलबार एक सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवाला बाट सुझाव माग गरेको हो ।

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ-संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।

मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’मार्फत ’ समेत पठाउन सकिने भएको छ । आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले सरोकारवाला सँग भौतिक उपस्थितिमै समेत सुझाव संकलन थालेको छ ।

सो क्रममा मंगलबार कृषि क्षेत्र सँग सम्बन्धित सरोकारवाला बाट सुझाव लिइएको छ । मन्त्रालयले बजेट लेखनको प्रयोजनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

 

 

 

footer