kumari
stcnepal

लुम्बिनीमा माओवादी केन्द्रको सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ ।

यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् । सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।

 

 

footer