kumari
stcnepal

भक्तपुरमा कारको ठक्कर बाट एक जना पैदल यात्री गम्भीर घाइते

काठमाडौं । भक्तपुरको आदर्श चोक नजिकै कारको ठक्कर बाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।

सल्लाघारी बाट जगाती तर्फ जाँदै गरेको बा १५च ४८३२ नम्बरको कारले गए राति १ बजे तिर ठक्कर दिंदा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ४५ वर्षीय राजेश लिबी घाइते भएका हुन् । उनको सल्लाघारी स्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

 

 

footer