kumari
stcnepal

नेपालमा डिजिटल मुद्राका एप्सहरु बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत विद्युतीय मुद्राको कारोबार गर्ने एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ ।

नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिनेको संख्यासमेत दिनहुँ बढेपछि सरकारले नियन्त्रणको प्रयास शुरु गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय अनुसार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेरै अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको छ ।

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत सबै अवैध आर्थिक कारोबार गर्ने एप बन्द गर्ने निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो । नेपालमा क्रिप्टो कारोबारीहरुको संख्या झण्डै ४ लाख रहेको पाइएको छ ।

footer