kumari
stcnepal

स्थानीय तहको निर्वाचनमा चुनावी खर्च बैंकिङ प्रणाली बाट गर्नुपर्ने

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणाली बाट गर्नुपर्ने भएको छ । आयोगले स्थानीय तह अनुसार चुनाव खर्च तोकेको छ र महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउनेछन् ।

निर्वाचन आचार संहिता अनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ । राजनीतिक दलले पनि चुनाव सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मरवार पदाधिकारी मार्फत खर्च गर्नुपर्नेछ ।

५० हजार भन्दा बढी आर्थिक  सहयोग लिँदा बैंक तथा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ । दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ ।

 

 

footer