kumari
stcnepal

राजनीति गर्नेको बहिष्कार किन ?

काठमाडौं । जनताका लागि राजनीति गर्छु भन्नेले बहिष्कार किन गर्छन् ? देशमा असामान्य स्थिति छैन । आपातकाल लगाएको होइन । जनताले चुनाव चाहेका छन्, चुनाव आयोग चुनावको तयारी गरिरहेको छ । फेरि नेकपा क्रान्तिकारी नामधारी वैद्य समूहले चुनाव बहिष्कार ग¥यो । अन्य केही यस्तै क्रान्तिकारीले पनि चुनाव बहिष्कार गर्न सक्छन् ।

राजनीति गर्छु भन्नेले चुनाव बहिष्कार सुन्दैमा लाग्छ, यी राजनीति होइन, अरु नै केही गर्छन् । चुनावमा गएर जनताका लागि राजनीति गर्ने यिनको हैसियत नै छैन । बहिष्कार गर्नेहरु जनमतमा विश्वास गर्दैनन्, जनतालाई आकर्षित गर्ने यिनीहरुसँग कुनै विषय नै छैन । यिनको बहिष्कारले चुनाव रोकिन्न । लाग्छ, बहिष्कार वादीहरु गोब्रे किरा हुन्, जो आफै जन्मिन्छन् र लोप हुन्छन् ।

हिमाल, पहाड, मधेशका नाममा, जातजातिका नाममा, गरीबीका नाममा, धर्मका नाममा, सर्वहारा र जनवादका नाममा, संघ र प्रदेशका नाममा जनतालाई झुक्याउने राजनीति यिनको खेलो हो । राजनीति यिनका लागि पसल हो, व्यापार हो, व्यवसाय हो ।

ठग, भ्रष्ट, अनैतिकलाई पन्छाउने र सुशासन दिने बेलामा निर्वाचन बहिष्कार भनेको फेरि पनि जनविरोधीलाई चुनाव जिताएर सत्ता सुम्पने षडयन्त्र बाहेक के हो चुनाव बहिष्कार ?

footer