kumari
stcnepal

संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धको मुद्दा हेर्दा हेदैमा, फेरी बुधवार हेरिने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ । रिट माथि अब आगामी बुधबार सुनुवाइ हुनेछ ।

संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । शुक्रबार रिट माथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट माथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए । १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन माग गरेका थिए ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदन माथि सुनुवाइ गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो । अब संवैधानिक इजलासले यो मुद्दामा सुनुवाइ थालेको हो ।

 

 

 

footer