kumari
stcnepal

पाकिस्तानमा इमरानको सरकार संकटमा

काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश भए सँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।

मार्च ८ तारिखका दिन पाकिस्तानी संसदमा प्रधानमन्त्री खान विरुद्ध प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एनले अविश्वासको प्रस्ताव पेश गरिसकेको छ । विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा सत्तारुढ दल पाकिस्तान तेहरीक-ए इन्साफ (पीटीआई) का २४ जना सांसदले भोट हाल्ने बताइसकेका छन् ।

बिहीबार मात्रै सिन्ध हाउसमा लुकेर बसेका पीटीआईका सांसद प्रधानमन्त्री खानको विरुद्धमा खुलेका थिए । खानले इस्लामावाद स्थित सिन्ध हाउसलाई सांसद किनमेल गर्ने स्थान बनाएको आरोप लगाइसकेका छन् । सिन्ध हाउसमा सत्तारुढ दलका सांसद लुकेर बसेको तथ्य बाहिरिएपछि खानले सभामुख असद काइसरलाई मार्च २१ मा तल्लो सदनको बैठक बोलाउन निर्देशन दिएका छन् । त्यो बैठक अघि नै पीटीआई छाड्न सक्ने संभावित सांसदलाई कारबाही गर्ने प्रधानमन्त्री खानको तयारी छ । ‘प्रधानमन्त्री खानले अविश्वासको प्रस्ताव माथि भोट हुनुअगावै उनीहरूलाई हटाउने निर्णय गर्नु भएको छ’, सञ्चार मन्त्री फवद चौधरीले भने ।

पीटीआईका नेताहरूले पत्रकार सम्मेलनमा गरेर पैसा दिएर आफ्ना केही सांसदलाई विपक्षीहरुले किन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

footer