kumari
stcnepal

कोरोना खोप लगाएकालाई अस्पताल जाँदा पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । अब देखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु नपर्ने भएको छ । कोरोना भाइरस विरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनुनपर्ने बताएको हो । तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

सरकारले यो निर्णय २३ फागुनमै लागू गरेको थियो । तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन् । मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउन समेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ । कोरोना महामारी सुरु भएदेखि नै उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण अनिवार्य गरिँदै आएको थियो ।

 

 

 

footer