kumari
stcnepal

आज थप ५१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामी मध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्‍य छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

 

footer