kumari
stcnepal

बढ्दो ब्याजदर नियन्त्रणका लागि छलफल हुदै छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदर प्रति व्यवसायीले गुनासो गर्न थाले पछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको माग अनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफू खुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकुल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने । आफूले राष्ट्र बैंक समक्ष उत्पादनमूलक क्षेत्रको कर्जाको बेस रेट २ प्रतिशत भन्दा बढी राख्न नहुने सुझाव दिएको समेत उनले बताए ।

चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास समेत उनले दिलाए । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृंखलाका कारण मुलुकको शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको भन्दै उनले यस स्थितिमा भने क्रमशः सुधार आइरहेको बताए । ‘शोधनान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने । ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने उनको अपेक्षा छ ।

 

 

footer