kumari
stcnepal

वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता हुने

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

उजरी दर्ता, त्यस माथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजे सम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदान हुनेछ । त्यसको ४८ घण्टा अघि अर्थात वैशाख २७ गते मध्यरात देखि मौन अवधि लागू हुनेछ ।

 

 

 

footer