kumari
stcnepal

जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्र बुझाउन आग्रह

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापना गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो । यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियार धनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ ।

यस्तै प्रशासनले इजाजत नलिइ हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाउ भनेको छ । चैत २१ गतेपछि खोजतलास गर्दा कसै सँग हतियार भेटिएमा कानून अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।

 

 

footer