kumari
stcnepal

जसपा नेताहरूले निर्वाचन आयोगको आचारसंहिता बारे फरक-फरक धारणा व्यक्त गरे

जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पद बाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक-फरक धारणा व्यक्त गरेका छन् ।

पार्टीका नेता डा. सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे ।स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक रूपमा अप्ठेरो विषय भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई योजनागत हिसाबले काम गर्ने वातावरण पनि नहुने उनले बताए ।

जसपा नेतृ अमृतादेवी अग्रहरीले भने आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रशंसा गरेकी छन् । ‘यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा तय गर्ला, तर मलाई आयोगको स्थानीय तह चुनाव आचारसंहिता ठिक लाग्यो । एउटा व्यक्ति सधै जनप्रतिनिधि हुन सक्दैन र मिल्दैन पनि । यदि उम्मेदवारी दिने हो भने उसले राजीनामा दिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

 

 

footer