kumari
stcnepal

फेरी स्थगित भयो त्रिविको उपप्राध्यापक परिक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ ।

आयोगले ८ चैत देखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालत बाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालत बाट अर्को आदेश प्राप्त हुना साथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

 

 

 

footer