देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन्। ४०९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमण बाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।हाल सम्म पिसिआरबाट ९ लाख ७८ हजार १ सय २७ र एन्टिजेन बाट १ लाख ४० हजार ७० मा कोरोना पोजेटिभ देखिएको छ भने ९ लाख ६२ हजार ५ सय ८२ हजार संक्रमणमुक्त भएका छन्। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ।