kumari
stcnepal

नेकपा एस एक्लै निर्वाचन जान डराएर गुहार्न थाल्यो गठबन्धनलाई

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरु बीच भद्र सहमतिमा तालेमेल गर्ने भनि त्यसको गृहकार्य भइरहेका बेला एकले अर्का सँग मागदावी बढाउन थालेका छन् ।

आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भद्र सहमति बाट गर्ने कुराकानी भइरहेको छ । यसै क्रममा गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारेको छ । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूले टिकट पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ । चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका बेला उसले यस्तो प्रस्ताव गरेको हो ।

मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । जसअनुसार देशभरका ७५३ स्थानीय तह मध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ । यसक्रममा काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्र बाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन्।

चुनावी मिति नजिकिँदै गर्दा प्रायः सबैजसो राजनीतिक दलहरू उचित उम्मेदवारको खोजी गर्दै ती तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति सहित गाउँ–गाउँमा पुगेर समग्र अवस्थाको रिपोर्टिङ लिने र जीतको कसरतलाई तीव्रता दिइरहेका छन् ।

 

 

footer