प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधानले दिएको अधिकार खोस्ने प्रयास

702
shares

नेपालका राजनीतिक दलहरु गुटगत भएका छन् । प्राय सबै दलहरुभित्र दलहरुकै कार्यकर्ताहरु रुष्ट बन्दै गएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी भित्रका गुटहरु दिनप्रतिदिन झाँगिदै गएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको गुटगत राजनीति सडकमै पोखिएको छ । हाम्रा राजनीतिक दलहरुले व्यवस्थापन गर्न नसक्दा र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई समान व्यवहार गर्न नसकेकै कारण गुट उपगुट जन्मिएका हुन् । पछिल्लो समयमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र समेत गुट उपगुट रहेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपश्चा्त एउटै नेपाल कम्युनिष्ट पार्टी हुनुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । पार्टीका दुई अध्यक्षहरुले आ आफ्नो गुटको नेतृत्व गर्दै आएका छन् भने तत्कालिन नेकपा एमालेमा तत्कालिन अवस्थामा रहेका केपी ओली गुट र माधव नेपाल गुट अहिले पनि सक्रिय रहेका हुनाले नेकपालाई गुटगत राजनीतिबाट बाहिर निस्कन संकट परेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपश्चात् पनि दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा भावनात्मक सम्बन्ध बन्न नसकेको हुनाले अहिले पनि उनीहरु आ आफ्नो गुटको संरक्षणमा लागेका छन् । पार्टी एउटै भईसकेको अवस्थामा नेतृत्वले सबै नेता तथा कार्यकर्ताहरुलाइृ समान व्यवहार देखाउन सक्नुपर्दथ्यो तर त्यस्तो अवस्था देखिएको छैन । त्यसैले रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा पार्टीका दुई अध्यक्षहरुले आ आफ्नै गुटको व्यक्तिलाई सभामुख बनाउनुपर्ने अडान लिँदै आएका छन् । पार्टी एकीकरण पश्चात् पनि किन अध्यक्षहरुले आ आफ्नो गुटका व्यक्तिलाई सभामुख बनाउने प्रयास गरिरहेका छन् त्यो रहस्यकै विषय बनेको छ । एउटै पार्टी भईसकेको र पार्टी एकीकरणका महत्वपूर्ण कार्यहरु समेत समाप्त भइसकेको अवस्थामा दुई अध्यक्षहरुले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टीका मान्छे नदेख्नुले गर्दा नै आ आफ्ना गुटका मान्छेलाई सभामुख बनाउने रणनीतिमा उनीहरु लागेका छन् । पार्टीका दुई अध्यक्षहरु दुवै कार्यकारी भएपनि प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरेका कारण सरकार सञ्चालनका लागि र विधेयकहरु सहज रुपमा पारित गराउन सभामुख आफैँले रोज्न पाउनुपर्नेमा केही दम रहेको छ । संसदबाट सरकारले अप्ठ्यारो नपरोस् र संसदमा सरकारले पेश गर्ने विधेयकहरु अनावश्यक रुपमा ढिलाई नगरी दियोस् भन्ने प्रधानमन्त्रीको चाहना हुन सक्छ । त्यो हिसाबले स्वाभाविकै भएपनि जो सभामुख बने पनि नेकपाकै नेता बन्ने भएकाले प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहालले फलानो नै हुनुपर्दछ भन्नु किमार्थ उचित हुन सक्दैन ।

नेकपाभित्रको आन्तरिक द्वन्द्वले गर्दा पौष ४ गतेबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशन नै प्रभावित हुँदै गएको छ । संसद नै समस्याहरुको समाधान गर्ने थलो भएकाले संसदलाई अनिर्णयको बन्दी बनाउनु भनेको दलहरुको अकर्मण्यता र असक्षमता नै हो । यसको जिम्मेवारी सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले लिनुपर्दछ । संघीय संसदमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस आफ्नै आन्तरिक द्वन्द्वमा फसेको हुनाले उसले संसदमा प्रभावकारी भूमिका समेत निभाउन नसक्दा सरकार बेलगामको घोडा जस्तो भएर सञ्चालन हुँदै आएको छ । सरकारले गरेका कतिपय निर्णयहरु विवादको घेरामा तानिएका भएपनि त्यस्ता विषयहरुमा संसदमा छलफल र बहसै नहुने भएकाले सरकार एक्लै अघि हिड्नु खोजेको जस्तो देखिएको छ । सरकारलाई सही बाटोमा हिडाउने र सरकारका गलत कामको विरोध गरी सरकारलाई गलत काम गर्नबाट रोक्ने काम संसद र विपक्षी दलको भएपनि अहिले यी दुवै असक्षम अवस्थामा रहेका छन् । त्यही कारणले जनताले आवश्यक सेवा सुविधा समेत पाउन सकेका छैनन् ।

सरकारका काम कारबाहीको लेखाजोखा गर्ने नागरिक समाज समेत विभाजित अवस्थामा रहेको छ । नागरिक समेत पार्टीगत रुपमा रहेकाले पार्टीको स्वार्थ अनुसार अघि बढ्ने गरेका हुनाले जनताका समस्याहरु संसद र सरकारमा पु¥याईदिने संस्था नै नभएको अवस्था देखिएको छ । संसदका संसदीय समितिहरुमा समेत सरकारको छायाँ परेको र संसदीय समितिहरुले सरोकारवालाहरुसँग समेत छलफल र बहसै नगरी सत्ताधारी दलको बहुमतको दम्भ देखाउँदै विवादास्पद विधेयकहरु पारित गरिएका छन् । हालै संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकको व्यापक विरोध भएको छ । सरकारले केही समय पहिला संसदमा दर्ता गरेका सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, सेना परिचालनसम्बन्धी विधेयक लगायतका अन्य केही विधेयकहरुको विरोध भएपनि सरकारले गुठी विधेयक भने फिर्ता लिएको छ । संसदले कानुन निर्माण गर्दा जनताको स्तर, जनताको शिक्षा, भौगोलिक अवस्था लगायत अन्य धेरै क्षेत्रलाई अध्ययन गर्नु पर्ने हुन्छ तर बहुमतकै दम्भमा आफ्ना विरोधीहरुलाई तह लगाउने र संविधानले दिएको अधिकार खोज्ने गरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक ल्याउनुको अर्थ न त सरकार जनताप्रति उत्तरदायी देखियो न त संसद नै ।

संसदले विधेयकहरु पारित गर्दा मुलुकमा लागु हुन नसक्ने विधेयकहरु पारित गरिनु आवश्यक छ । संसदले विधेयक बनाउने तर लागु हुन सक्ने विधेयकहरु बनाउनुको कुनै अर्थ छैन । त्यसैले हालै संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकलाई पूर्ण रुपमा परिमार्जन गर्न आवश्यक छ । संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता हुनेछ भन्ने व्यवस्था गरेकाले त्यसलाई नियन्त्रण गरी लेखेकै भरमा जनतालाई जेल हाल्न सक्ने र ठुलो मात्रामा जरिवाना तिराउने व्यवस्था गरिनु लोकतन्त्र र संविधानकै मर्म विपरितको कार्य भएकाले त्यस्ता कार्य अविलम्ब बन्द गरियोस् भन्ने हामी जोडदार माग गर्दछौँ । सत्ताधारी दल र सरकारको असफलतालाई ढाकछोप गर्न यहि संविधानद्वारा निर्माण भएको सरकारले यदि संविधानमा उल्लेख गरिएका प्रावधानहरुलाई बन्देज लगाउन सक्दैन भन्ने हाम्रो भनाई रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports