kumari
stcnepal

जोशी माथिको कारवाही फिर्ताको माग

नेपाली काँग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी माथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ ।

भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशी माथिको कारबाही फिर्ता गर्न माग गरेको हो ।

बैठकले जोशी सहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । यसयता जोशीले स्वतन्त्र रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।

 

 

 

footer