kumari
stcnepal

प्रतिनिधिसभाको निर्वाचन बाट राष्ट्रिय पार्टी बन्छौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचन बाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । पार्टी कार्यालयमा पत्रकारहरु सँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए ।

‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनाव बाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउछौं’ उनले भने ।

त्यसपछि पनि आफूहरुको गति तीव्र हुने भन्दै थापाले केही वर्षमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरु सरहको पार्टी बन्ने दावी गरे । आफूलाई सामाजिक सञ्जालमा गाली गरेको भन्दै थापाले त्यसले केही फरक नपर्ने बताए ।

 

 

footer