kumari
stcnepal

राप्रपाले चैत २५ गते काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने भएको छ ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा प्रस्तुत गर्ने जानकारी दिएको छ । आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन् ।

 

 

footer