kumari
stcnepal

५८ राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना समितिको विवरण निर्वाचन आयोगमा बुझाए

काठमाडौं । विभिन्न ५८ वटा राजनीतिक दलले जिल्ला स्तरको संगठन संरचना र जिल्ला समितिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई जिल्लागत संगठन सरचना र जिल्ला समितिको विवरण बुझाउन ६ चैत सम्मको समय दिएको थियो । निर्धारित मिति सम्म ५८ दलले विवरण बुझाएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । तर, कुन दलको कुन कुन जिल्लामा संगठन संरचना र जिल्ला समिति छ भन्ने बारे भने आयोगले खुलाएको छैन ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त बाहेक अरु दललाई सम्बन्धित दलकै चुनाव चिह्न दिन जिल्लागत विवरण माग गरेको थियो । प्रवक्ता पौडेलले जिल्ला निर्वाचन कार्यालय बाट दलहरुको विवरण आउने क्रम जारी रहेको बताए । उनका अनुसार ५८ वटा दलको विवरण र ती दलले जिल्लामा बुझाएको विवरण भिडाउँदा मेल खाएमा ती दललाई सम्बन्धित जिल्लाको स्थानीय तहको चुनाव चिह्न प्रदान गरिनेछ । जिल्ला समिति नभएका दलले भने स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

 

 

footer