kumari
stcnepal

कस्तो रहला आजको मौसम, गर्मी बढदै

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।


मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

footer