kumari
stcnepal

इन्धन खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारत बीच तीन दिने वार्ता काठमाडौंमा सुरु

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबार सम्म चल्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल २०१७ मा नवीकरण भएको थियो । बैठकमा इन्धन खरिद सम्झौताको समीक्षा र भावी योजना बारे छलफल हुने उपाध्यायले बताए ।

पेट्रोलियम आपूर्ति बिन्दु र यस बाट भएका फाइदा तथा बेफाइदा, मूल्य निर्धारण प्रणाली र प्राविधिक सेवा सुविधा साटासाट बारे वार्ता केन्द्रित हुनेछ । नेपालको तर्फ बाट बैठकको नेतृत्व निगमका कार्यकारी निर्देशक उमेश थानीले गरेका छन् । आईओसीको तर्फ बाट सन्दीप जैन नेतृत्वको ६ सदस्यीय टोली सहभागी रहेको उपाध्यायले बताए ।

 

 

footer