kumari
stcnepal

आज पनि एमालेको बैठक बस्ने

काठमाडौं । नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ । काठमाडौंको माइतीघर स्थिति कार्की ब्यांक्वेटमा बस्ने बैठकको पहिलो दोस्रो दिन बुधबार प्रेस भएको राजनीतिक प्रतिवेदन माथि छलफल हुने भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थिायो । आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन् । पार्टीका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आज बाँकी ९ वटा अजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने बतायएको छ । राजधानीको कार्की बैंक्वेटमा बुधबार देखि सुरु भएको दुई दिने बैठकका ११ कार्यसूची छन् ।

बुधबारको बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओली समक्ष शपथ लिएका छन् ।

 

 

footer