प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको कुदृष्टि, नेपाली नेतृत्वको अन्धोपन

637
shares

राजन कार्की
जबदेखि भारतले नेपालको लिपुलेक, कालापानी क्षेत्र भारतको नक्सामा गाभ्यो र यसको नेपालमा उग्रविरोध भयो तवदेखि नेपाल भारत सम्बन्ध चिस्सिएको छ । नेपालको संसदले सर्वसम्मतिले संविधानमा लिपुलेक, कालापनी क्षेत्रको नक्सा अध्यावधिक गरेपछि त भारत यसरी रिसायो कि प्रवुद्ध समूहले तयार पारेको रिपोर्टसमेत बुझ्न मानेन ।

प्रवुद्ध समूक नेपाल र भारतका प्रधानमन्त्रीले गठन गरेको समितिले तयार गरेको थियो । आफैले गठन गरेको समितिले दिएको रिपोर्ट पनि नबुझ्ने भारतको नेपालमाथि कतिसम्म कुदृष्टि रहेछ स्पष्ट भइसकेको छ ।
नेपालसँग अझै पनि संवाद नगरेर भारतले एकतर्फी रुपमा महाकालीमा तटबन्ध निर्माण गरिरहेको छ । कालापानीबाट तिब्बत जोड्ने राजमार्ग खोलेकोमात्र होइन, झन फराकिलो र सर्वकालिक बनाइरहेकै छ । नेपालको नेतृत्व यी सब दृश्य टुलुटुलु हेरेर बसेको छ । चुनाव आयो, चुनावमा समेत सीमामाथिको अतिक्रमण

विषय बनेको छैन । कुनै पनि दलका कुनै पनि नेताले सीमा समस्या उठाएका छैनन् । यद्यपि यो ५ दलीय गठबन्धन सरकार हो ।
अचम्म छ, पुँजीवादी कांग्रेसलाई जनवादी माओवादीसहितका कम्युनिष्टले बोकेका छन् । यी गठबन्धन मिलेर चुनावमा जाने रे ? कस्तो लोकतन्त्र हो यो ? लोकतन्त्रमा त पार्टीहरुले आआफ्ना घोषणापत्र, कार्यक्रम, प्रतिवद्धता बोकेर चुनावमा जानुपर्ने थियो तर जनवादी र समाजवादी दुबै मिलेर सत्ता चलाइरहेका छन्, मिलेर चुनावमा जाने तयारीमा जुटेका छन् । जब सिद्धान्त, नीति, कार्यक्रम केही पनि भिन्नता छैन भने अलग अलग पार्टी किन भनिरहनु पर्छ र ? पार्टी एकीकरण गरेर चुनावमा गए पनि हुन्छ । विश्वमै नभएको लोकतान्त्रिक तमासा नेपालमा देखिएको छ ।

मुख्य सवाल भारतको दादागिरीको हो । १८८० किलोमिटर लामो खुला सीमा छ, आवत जावत कुनै कुरामा रोकतोक छैन । प्रवुद्ध समूले यही खुला सीमालाई कसरी नियमन गर्ने र आपराधिक क्रियाकलाप रोक्ने तथा नेपाल भारतबीचका थप समस्या अरु के के छन्, १९५० को सन्धिलाई के गर्न सकिन्छ भन्ने अध्ययन रिपोर्ट तयार पारेको थियो । भारत सीमा मिच्न चाहन्छ । नियमन गर्न चाहदैन । त्यसैले ७१ स्थानमा सीमा मिचिएका छन् । सीमामात्र होइन, कालापानी, लिपुलेक, लिम्पियाधुराका ठूला नेपाली भूभाग भारतले हकभोगमा लिएको छ । भारतको कुदृष्टि यसरी अघि बढेको छ र नेपाली नेतृत्व अन्धोपन देखाइरहेको छ । भारतको ज्यादतिबारे हाम्रो नेतृत्व कान थुने, आँखा चिम्लेर र मुख बन्द गरेर बस्नुले नेपाल र नेपालीको सतित्व र अस्तित्व दिनदिनै जोखिममा परेको छ ।
भारत कसरी एकपक्षीय रुपमा दङ्गा गराउन फिल्मको समेत सहारा लिन्छ भन्ने शिक्षा हालैको काश्मिर फाइल्स भन्ने फिल्मबाट नेपालले सिक्न सक्छ ।
‘काश्मिर फाइल्स’को सन्देश दङ्गा भड्काउनु हो

नेपाल दक्षिण एसियामा शान्ति, सद्भाव चाहन्छ । यो चाहना विपरितको फिल्म सार्वजनिक भएको छ– काश्मिर फाइल्स । हिन्दु मुस्लिमबीच भड्काउ भाव फैलाउनु दक्षिण एसियामात्र होइन, विश्वभरि नै यसको दुस्प्रभाव पर्छ । यसतिर भारत सरकारले ध्यान दिएन । सत्ताधारी मोदी सरकारले आफ्नो राजनीतिक लाभमात्र हेरेको विश्लेषकहरुले आरोप लगाएका छन् ।
१९४७ मा अलग भएको भारत र पाकिस्तानबीचको मुस्लिम–हिन्दु द्वन्द्व ७५ वर्षसम्म पनि सुल्झिन सकेको छैन । कसरी जातीय द्वन्द्व समाप्त पार्ने भन्ने प्रयास गर्ने बेलामा भारतमा ‘काश्मिर फाइल्स’ भन्ने फिल्म रिलिज भएको छ । यो फिल्मले हिन्दु मुस्लिम हिंसा अरु भड्काउने खतरा देखिएको छ ।
काश्मिर बलिउड फिल्माङ्कनका लागि आकर्षक प्राकृतिक साइट हो । हिन्दु मुस्लिमको पीडा छोपिएको काश्मिर हलिउडपछिको बलिउडले फिल्ममा सबैभन्दा बढी प्रेमगीत फिल्माइएको भूगोल हो ।

यतिबेला ‘काश्मिर फाइल्स’ले जातीय हिंसा भड्काउन १९४७ देखि निभ्न नसकेको आगोमा पेट्रोल हाल्ने काम गरेको छ । काश्मिरको प्राकृतिक छटाभित्रको रक्तकुण्डलाई छचल्क्याउन भारत सरकारसमेत लाग्नु मानवीय दृष्टिकोणले समेत दुर्भाग्यपूर्ण हो ।फिल्मका कलाकार छन् अनुपम खेर, डाइरेक्टर हुन् विवेक अग्निहोत्री । यिनले काश्मिरको घाउलाई ताजा बनाउने प्रयास गरेका छन् ।यो प्रयासमा भाजपा सरकारको समेत समर्थन र सहयोग हुनुले भाजपा र भाजपाको भातृसंगठन आरएसएस भारतमा चुनाव जित्न हिन्दु भावनालाई उराल्न र मुस्लिमविरुद्ध विषबमन गराउन पछि पर्दैन भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

फिल्ममा सन ९० को दशकको सुरुमै आतंकवादको निशानामा परेर आफ्नै भूमिमा शरणार्थी जीवन बाँच्न बाध्य काश्मिरी पण्डित हिन्दुहरुको कथा देखाइएको छ । फिल्म सफल भयो, पैसा कमायो । यो फिल्मको सफलताको कारण भाजपा र हिन्दुवादी संगठनहरु हुन् । विश्लेषकहरु भन्छन्– भाजपाले आफ्नो सिद्धान्त र काश्मिर एजेण्डासँग जोडेरका छन् । स्वयम प्रधानमन्त्री नरेन्द्र मोदी र उनीपछिका नेताहरुले समेत यो फिल्मको प्रचार गरिदिएका छन् । यो फिल्मले भाजपाको सरकार भएका प्रान्तहरुमा कर छुट पाएको छ । यो फिल्म हेरेर टिकट पेश गर्नेलाई भाजपा शासित राज्यमा विदासमेत दिइएको छ । तर फिल्मले साम्प्रदायिक द्वेष फैलाएर हिन्दु मुस्लिमबीच जुन दुर्भावनाको आँधी चलाएको छ, त्यो साह्रै गहिरो हिंसा भड्काउने खालको छ ।

यसअघि पनि ‘उरी सर्जिकल स्ट्राइक’ अर्थात पाकिस्तानभित्रै घुसेर हमला गरेको विषयमा पनि मोदी सरकार र भाजपा नेताहरुले समर्थन गरेका थिए । अहिले जातीय दङ्गा भड्काउवादी फिल्मलाई समर्थन गरेको छ । यो फिल्मले हिन्दुवादीको संरक्षण गर्ने र मुस्लिम समुदायमाथि घृणा फैलाउन उक्साएको देखिन्छ । काश्मिर फाइल्स फिल्मका कारण हिन्दु मुस्लिम बीच द्वेष बढेर रक्तपात भयो भने यसको जिम्मेवार मोदी सरकार हुनेछ । सामाजिक सञ्जाललाई हेर्दा थाहा लाग्छ– हिन्दु दर्शकहरु फिल्म हेरेपछि मुस्लिमविरुद्ध उत्तेजना प्रकट गर्ने गरेका देखिन्छन् । यो फिल्म साम्प्रदायिकता फैलाउने झिल्को हो, डढेलो नसल्कियोस् । सामाजिक सद्भावना भत्कियो भने यसको नतिजा मानवताका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

मोदी सरकारले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकमात्र भारतीय नक्सामा हालेको छैन, भारत शासित जम्मु काश्मिरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेज गरेर विवादित क्षेत्रलाई भारतमा गाभेको थियो । काश्मिर फाइल्स फिल्म कम, मोदी सरकारको प्रचारवाजी ज्यादा हो भनिदैछ ।
काश्मिर फाइल्समा काश्मिरी पण्डितको बिस्थापित जीवन दर्शाइएको छ । यो पूर्ण यथार्थ फिल्म होइन भन्छन् गम्भीर खालका विश्लेषकहरु । फिल्ममा काश्मिर किन अशान्त छ भनेर देखाइदैन । फिल्मको उद्देश्य बहुसंख्यक मुसलमान समुदायबाट अल्पसंख्यक हिन्दुलाई खतरा छ भनेर मात्र देखाइएको छ । मुस्लिम समुदायले हिन्दुलाई त्यहाँबाट लखेटिरहेका छन् भन्ने देखाउनु फिल्मको स्पष्ट उद्देश्य देखिन्छ ।

त्यतिबेला हिन्दुकोमात्र होइन, मुसलमानको पनि हत्या भएको थियो । त्यो कुरा फिल्ममा देखाइएको छैन । यसकारण फिल्म एकपक्षीय छ । इतिहास भन्छ– पहिलो राजनीतिक हत्या १९८९ अगस्त ३१ मा भएको थियो । ती नेसनल कम्फरेन्सका नेता मोहम्मद युसुफ हलवाईको थियो । यसअघिका आतंकवादी हमला पनि मुसलमानमाथि नै भएको थियो । काश्मिरका प्रहरी महानिरीक्षक जिएमए बटाली बाल बाल बाँचे तर उनका अंगरक्षक मारिएका थिए । यसको केही दिनमै जिएमए बटालीका भाइ गुलशन बटाली आतंककारीबाट मारिएका थिए ।
१९४७ को देश विभाजनको क्रममा धेरै हिन्दु भारत आए, धेरै मुसलमान पाकिस्तान गए । यसक्रममा भड्किएको दङ्गामा २० लाखभन्दा बढी हिन्दु, मुस्लिम मारिए । त्यसपछि पनि मारिनेक्रम जारी रह्यो । काश्मिर स्वतन्त्रताको माग गर्नेहरु त सवालाखभन्दा बढी मारिएका छन् । भारतीय सैनिक हस्तक्षेपका कारण समष्टि काश्मिर दङ्गा क्षेत्र बनाइएको छ । दङ्गाको मुख्य कारण भारतको पक्षधर हो कि होइन भनेर मात्र हेरियो । यो फिल्ममा हिन्दु पूर्वन्यायाधीशको हत्या देखाइएको छ । त्यही समयमा ८० वर्षका मौलाना मसुदी भन्ने नेताको हत्या देखाइएन किन ?

नेसनल कन्फ्रेन्सका मुसलमान समुदायका पूर्वमन्त्री, सांसद मारिएका थिए । फिल्ममा यी दृश्यको दबाइएका छन् । आतंककारीहरुले धेरै मुस्लिम सञ्चारकर्मी मारेका थिए, त्यसबारे पनि फिल्म मौन छ । भारतको पक्षमा हिन्दुमात्र होइन, मुसलमान पनि उभिने गरेका छन्, ती सबैमाथि भएका दमन केही पनि फिल्ममा देखिदैन ।
काश्मिर फाइल्सले इतिहास खोतल्छ, एकपक्षीय रुपमा खोतल्छ । जुन इतिहासलाई तोडमरोड गर्ने कुकर्म हो । यस्ता फिल्मले शान्ति खलबल्याउँछ, दक्षिण एसियालाई अरु लामो समय अशान्त पार्न सघाउँछ । यो फिल्मले समाजलाई उद्वेलित पार्छ, समाजलाई बिथोल्छ । मान्छे मान्छेबीच बिभेद बढाउँछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports