kumari
stcnepal

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दियो

काठमाडौं। अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरी माथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । शाह विरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफू माथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पल विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरी समक्ष आत्मसमर्पण गरे । तर, अनुसन्धान जारी रहँदा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि जाहेरी पर्‍यो ।पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाह विरुद्ध मुद्दा दर्ता भएको छ ।

 

 

footer