प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दियो

598
shares

काठमाडौं। अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरी माथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । शाह विरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफू माथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पल विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरी समक्ष आत्मसमर्पण गरे । तर, अनुसन्धान जारी रहँदा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि जाहेरी पर्‍यो ।पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाह विरुद्ध मुद्दा दर्ता भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports